SHARE
Samata Press · शुक्रबार​ १२ असार २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी (कैलाली) । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ ।  बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । यसले किसानको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसी बिहान–बेलुका खेत पुगेर धानको अवस्था हेर्नुहुन्छ । समय–समयमा आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गर्नु अहिले उनको दैनिकी बनेको छ । “रोपाइँ त बोरिङको पानीले गरियो, तर त्यसपछि पानी नै परेन,” उनले भने, “धानका बिरुवा पहेँलिन थालेका छन् । अब केही दिनभित्र पानी परेन भने धेरै क्षति हुन्छ । मेहनत र लगानी सबै खेर जाने चिन्ता छ ।” उहाँका अनुसार अहिले बोरिङमा पानी आउँदैन जसका कारण सिँचाइ गर्न पनि समस्या छ । घोडाघोडी नगरपालिका–८ का अर्का किसान डम्बर विष्ट पनि हरेक दिन खेत पुगेर धानको अवस्था नियाल्छन् । उनले पनि अरूको बोरिङ प्रयोग गरेर प्रति घण्टा पाँच सय रुपैयाँ तिरेर रोपाइँ सम्पन्न गरेका थिए । रोपाइँपछि एक पटक सिँचाइ गरे पनि वर्षा नहुँदा धान सुक्दै गएको उनी बताउँछन् । “बोरिङ चलाउँदा खर्च धेरै हुन्छ ।