SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमा आयोजना गरिनेछ।