SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु भएको हो । प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो ।