SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने, महामन्त्रीमा ९ जनाको प्रतिस्पर्धा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ । यस्तै, महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ ।