SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ । नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते)नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो।