नेदरल्याण्ड्समा अत्याधिक गर्मीको जोखिमः ‘कोड ओरेन्ज’ सतर्कता जारी
एजेन्सी । नेदरल्याण्ड्सको रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशका मध्य र दक्षिणी क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्ने प्रक्षेपण गर्दै ‘कोड ओरेन्ज’ (उच्च जोखिम) सतर्कता जारी गरेको छ । बढ्दो तापक्रमले जनस्वास्थ्य र दैनिक गतिविधिमा गम्भीर असर पार्नसक्ने चेतावनी दिँदै मौसम विभागले जुन २६ सम्मका लागि यो अलर्ट जारी गरेको हो ।
