SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

विश्वकपको नकआउट समीकरण: १९ टोली छनोट, सोमबारदेखि निर्णायक भिडन्त

काठमाडौं। जारी फिफा विश्वकप २०२६ को समूह चरण अन्तिमतर्फ पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स्पष्ट हुँदै गएको छ। नेपाली समयअनुसार असार १२ गते शुक्रबार बिहानसम्म सम्पन्न समूह चरणका अन्तिम खेलपछि ४८ टोलीमध्ये १९ टोलीले अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेका छन्।