SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो । आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो ।