समीक्षा बास्कोटाले फिर्ता लिइन् रास्वपा उपसभापति पदको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ समीक्षा बास्कोटाले उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । भरतपुरमा जारी रास्वपाको महाधिवेशनमा उनले दर्ता गराएको उपसभापति पदको मनोनयन फिर्ता लिएकी हुन् । बास्कोटाले उपसभापति पदकी उम्मेदवार तथा कानूनमन्त्री सोविता गौतमसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी छन् ।
