प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयक प्रस्तुत तथा आर्थिक विधेयकमाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।
