SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ । विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा हुवावे स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।