SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

तनहुँमा २७ वन्यजन्तुको उद्धार

दमौली । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेलापरेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ ।