SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

सुदुरपश्चिममा हेमराज थापालाई सर्वाधिक मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको प्रादेशिक मतदानअन्तर्गत सुदुरपश्चिममा हेमराज थापाले सर्वाधिक मत ल्याएका छन् । उनलाई २ हजार ३० मत प्राप्त भएको छ । सर्वाधिक मत ल्याएसँगै थापा केन्द्रीय सदस्य बन्ने निश्चित बनेको छ । दोस्रो स्थानमा सांसद केपी खनाल छन् ।