SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने प्रतिष्ठानलाई कानुनी कारबाही गर्ने जनाएको छ ।