रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म हुनेछ । आयोगका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशित गर्ने जानकारी दिए ।
