विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरावलोकन गर्न सुझाव माग
काठमाडौँ । विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ । ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजनाबमोजिम सुझाव मागेको हो । पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फाराम प्रकाश गरेको छ ।
