SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६: समूह डी, ई र एफको अन्तिम खेलमा रोमाञ्चक भिडन्त हुँदै

काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुग्दा शुक्रवार समूह डी, ई र एफका  टिमहरुको अन्तिम लिग खेलहरू हुँदै छ।  नकआउट चरणको टिकट सुनिश्चित गर्ने र बाहिरिने टोलीको टुङ्गो लाग्ने भएकाले यी खेलहरू विशेष महत्वका मानिएका छन्। समूह डीमा शीर्ष स्थानमा रहेको अमेरिका ६ अङ्कसहित नकआउट चरणमा पुगिसकेको छ।