SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

सरकारले होल्डिङ सेन्टर छोड्न निर्देशन दिएपछि सुकुम्वासी भन्छन्- ‘अब कहाँ जाने थाहा छैन’

काठमाडौँ । बागमती करिडोर क्षेत्रबाट विस्थापित भएर होल्डिङ सेन्टरमा अस्थायी बसोबास गरिरहेका सुकुम्वासीहरू सरकारले होल्डिङ सेन्टर छोड्न निर्देशन दिएपछि समस्यामा परेका छन् । सरकारले ५ दिने सूचना जारी गरेर सुकुम्वासीहरूलाई होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । सरकारले सुकुम्वासीहरूलाई २५ हजार रुपैयाँ लिएर आवासको जिम्मा आफ्नै व्यवस्थापन गर्न भनेको छ ।