कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच विशेष छुट सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
