SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६ सुरु

काठमाडौँ । एथलेटिक्स परिवार नेपालको आयोजनामा ‘चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६’ सुरु भएको छ । एथलेटिक्स खेलको विकास र खेलाडीहरूको प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो प्रतियोगिता सञ्चालन हुन भएको हो । आयोजककाअनुसार खेलहरू ११ र १२ गते दुई दिनसम्म चल्नेछ ।