SHARE
Samata Press · बिहीबार ११ असार २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

भारतको अरुणाचल प्रदेशमा विनाशकारी बाढी

काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण घर, सडक र पुल बगेका छन् । टाइम्स अफ इण्डियाका अनुसार बाढीमा परी हालसम्म कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना बेपत्ता छन् । बाढीले पूसा क्षेत्र डुबानमा परेपछि अरुणाचल प्रदेश सरकारले भारतीय वायु सेनासँग समन्वय गरी उद्धार तथा राहत अभियान सञ्चालन गरेको छ । प्रभावित क्षेत्रमा राज्य विपद् प्रतिकार बल (एसडीआरएफ) का जनशक्ति र आवश्यक सामग्री छिटो पुर्‍याउन हवाई सहयोग लिइएको छ । केयी पन्योरका प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिक उड्डयन विभागले शिलङस्थित पूर्वी वायु कमाण्डसँग सम्पर्क गरी उद्धारकर्मी, राहत सामग्री तथा प्रभावितहरूको उद्धारका लागि हवाई सहयोग मागेको थियो । अधिकारीहरूका अनुसार सो क्षेत्रमा झण्डै ४८ घण्टासम्म लगातार वर्षा भएको थियो ।