शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा
काठमाडौँ । भेनेजुएलामा गएराति लगातार आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ । भूकम्पका कारण हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको पुष्टी भएको छ भने राजधानी काराकाससहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका अलजजिराले जनाएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको हो ।
