SHARE
Kalo Pati · बुधबार १० असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर

काठमाडौं । नेपाल एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र गैरकानुनी कदम भएको ठहर गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।