SHARE
Kalo Pati · मङगलबार ९ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

गोल्डस्टार चम्कियो, संस्थापकको नाम किन ओझेलमा ?

काठमाडौँ । नेपालको रैथाने जुत्ता ब्रान्ड गोल्डस्टार आज राष्ट्रिय गौरवको प्रतीक बनेको छ। प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले गर्वका साथ प्रयोग गर्ने यो ब्रान्डको सफलता सबैले देखेका छन्। तर यसको आधारशिला राख्ने व्यक्तिहरूको कथा भने बिस्तारै सार्वजनिक स्मृतिबाट हराउँदै गएको प्रश्न उठ्न थालेको छ।