५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्न सुकुमबासीलाई निर्देशन
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ । सँगै, यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली गरेर स्वस्व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । प्रशासनले राहत रकम प्राप्त गर्न निवेदन दिन भनेको छ ।
