बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधवार देखि पुनः सञ्चालनमा आउँदै
काठमाडौं । काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ ।
