SHARE
Kalo Pati · मङगलबार ९ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

मंगलबार सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । अस्ति आइतबार र हिजो सोमबार बढेको सुनको भाउ आज घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।