SHARE
Kalo Pati · मङगलबार ९ असार २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ । संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।