आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । सोमबार जारी प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरिएको हो ।
