जडीबुटी-सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत धमाधम (तस्बिरहरु)
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत जडीबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत तथा सञ्चालनको काम अघि बढेको छ। सडक बत्ती नबल्दा रातको समयमा यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए। यो सडक खण्डमा कुल ४५० वटा बत्ती रहेका छन्, जसको क्षमता १२० वाट रहेको छ।
