SHARE
Kalo Pati · सोमबार ८ असार २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो ।