SHARE
Kalo Pati · सोमबार ८ असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

नेपाल सम्पत्ति सुद्वीकरणको खैरो सुचीमा कायम, सुधार कार्ययोजना पूरा गर्न थप दबाब

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रण प्रणालीमा आवश्यक सुधारहरू पूरा गर्न असफल भएपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को खैरो सुचीमै कायम भएको छ । फ्रान्सको पेरिसमा १७ देखि १९ जुन २०२६ सम्म सम्पन्न एफएटिएफको प्लेनरी बैठकले नेपाललाई खैरो लिस्टबाट हटाउने निर्णय नगरी यथावत राख्ने निर्णय गरेको हो ।