सुकुमवासी बस्ती व्यवस्थापन कि विस्थापन ?
विकास, राजनीति र मानवअधिकारको त्रिकोणात्मक द्वन्द्व काठमाडौँको थापाथलीस्थित बागमती किनार यतिबेला केवल एउटा नदी किनार मात्र रहेन, यो राज्यको शक्ति र नागरिकको अस्तित्व बीचको एउटा रणमैदान बनेको छ। काठमाडौँ महानगरपालिका र सङ्घीय सरकारले शनिबार बिहानैदेखि सुकुमवासी बस्ती खाली गराउने अन्तिम तयारी गरिरहँदा, त्यहाँका हजारौँ परिवारको रातको निद्रा हराम भएको छ।
