बालेनको ‘डोजर’ र रक्षा बमको ‘ऐना’
सुकुम्बासी बस्तीमा शक्तिको प्रयोग कि राजनीतिक बेइमानी? नेपाली राजनीतिको आकाशमा अहिले एउटा यस्तो दृश्य मडारिइरहेको छ, जहाँ हिजोका ‘परिवर्तनका सारथि’हरू नै आज एकअर्काको आमनेसामने उभिएका छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा ‘डोजर’ चलाएर चर्चा र आलोचना दुवै बटुलेका बालेन्द्र शाह (बालेन) आज मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को कुर्सीमा छन्।
