सुनको कथा – अख्तियारको ‘विवादास्पद’ कदम र राज्यको नियत
नेपालमा सुन तस्करीका घटनाहरू नौलो होइनन्, तर पछिल्लो समय चर्चामा रहेको विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीले भने राज्यका अंगहरूको कार्यशैलीमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ। सामान्यतया, कुनै पनि अपराधको सूचना दिने वा त्यसलाई उजागर गर्ने व्यक्तिलाई राज्यले संरक्षण र पुरस्कृत गर्नुपर्ने हो।
