SHARE
Kalo Pati · सोमबार ८ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहको कूटनीतिक ‘डेब्यू’: आशंकाको घेरामा विश्वासको खोजी

– कालोपाटी एक्स्प्लेनर नेपालको राजनीतिमा एउटा नयाँ युगको सुरुवात भएको छ । ‘जेन–जी’ (Gen-Z) पुस्ताको विद्रोह र वैकल्पिक राजनीतिको लहरबाट सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ यतिबेला विश्व समुदायको सूक्ष्म निगरानीमा छन् । काठमाडौंको मेयरबाट सिधै देशको कार्यकारी प्रमुख बन्नु र झण्डै दुईतिहाइको समर्थन प्राप्त गर्नु आफैँमा एउटा राजनीतिक चमत्कार थियो ।