‘सरकार ‘एक्सप्रेस वे’मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन’: बालेन शाह
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन्। आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे ।
