रवि र बालेनले घण्टी बजाएर गरे रास्वपा महाधिवेशनको उद्घाटन
काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।रास्वपा महाधिवेशन आजबाट तीन दिनसम्म चल्नेछ ।
