SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् । स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए । विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनमा उदघाटन हुँदैछ ।