SHARE
Samata Press · शनिबार ६ असार २०८३ ०७:१७ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाबाट पाँच, झापा, सप्तरी र कैलालीबाट तीन/तीन, इलाम र धनुषाबाट दुई/दुई, मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन् ।   प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ ।