SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

बागमतीले बगाएर एक बालक बेपत्ता, तीन जना सकुशल

जनार्जन खत्रीसर्लाही, असार ६ गते । सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।