चितवनको कालिका नगरपालिकाले ७०० युवायुवतीलाई उद्यमशील बन्न तालिम दिने
चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना युवायुवतीलाई उद्यमशील बन्न सिपमूलक व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि पेश गरेको नीति तथा कार्यक्रममा ७०० जना युवा युवती विपन्न र बेरोजगार व्यक्तिहरुलाई उद्यमी बनाउने गरी सीप, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । लोकसेवा तयारी कक्षा, पाक शिक्षा, वारिष्टा, व्युटिसियन, ड्राइभिङ लगायत स्वरोजगार गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । साथैं पालिकाले दूधमा युवा तथा किसानहरुलाई आर्कषिक गर्न तथा अझै भएको व्यवसायलाई बढाउनका लागि अनुदानको रकम बढाउने नीति लिएको छ ।
