SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

टर्कीद्वारा जुलाई १ देखि जलमार्ग पार गर्ने विदेशी जहाजको पारवहन शुल्कमा वृद्धि

एजेन्सी । टर्कीले राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले आगामी जुलाई १ देखि आफ्ना जलमार्गहरू (स्ट्रेट्स) प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको पारवहन शुल्क बढाउने निर्णय गरेको छ । टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरायोग्लुले शुक्रवार यससम्बन्धी जानकारी दिएका हुन् ।