अस्पतालले गाउँ र शहरलाई जोड्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी
दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताए । दाङको तुलसीपुरमा शुक्रबार साझा अस्पतालको उद्घाटन सत्रमा उनले गाउँका जनताको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताए । अहिले पनि गाउँका जनताले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेको जनाउँदै यसतर्फ ध्यान दिनुपर्छ भने ।
