SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

रास्वपाका प्रवक्ता झाद्वारा महाधिवेशनस्थलको निरीक्षण

भरतपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले चितवनको भरतपुरमा हुने प्रथम महाधिवेशनस्थलको निरीक्षण गरेका छन् । भरतपुर–१० स्थित गेष्टहाउस चौरमा निर्माण भइरहेको स्थलको उनले आज निरीक्षण गरे । सो अवसरमा उनले तयारी अन्तिम चरणमा पुगेको भन्दै केन्द्रीय नेता र प्रतिनिधिहरू आउने क्रम सुरु भएको जानकारी दिए ।