करुणाको सन्देश बोकेर माइतीघरमा सडक नाटक (तस्बिरहरू)
काठमाडौँ । माइतीघर मण्डलामा शुक्रवार फरक दृश्य देखियो । दसैँ–तिहार तथा विभिन्न धार्मिक अवसरमा हुने पशुबलि र पशुमाथि हुने हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित स्नेहा केयरले सडक नाटक तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्यो । कार्यक्रमले परम्पराको नाममा हुने हिंसामाथि प्रश्न उठाउँदै सबै जीवप्रति करुणा र सम्मानको भावना विकास गर्न सडक नाटक मार्फत आग्रह गरेको थियो ।
