SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

आगामी आ.व.का लागि पोखरा महानगरपालिको बजेट ७ अर्ब १५ करोड २५ लाख

काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रवार बजेट पेस गरेका हुन् । कुल बजेटको पुजिगततर्फ ४४.९ प्रतिशत र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।