SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

वैज्ञानिक समाजवादको एजेण्डासहित अघि बढिरहेका छौँ: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रूपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी गरेका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही व्यक्तिहरूले पाटीबारे नकारात्मक प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न समेत पार्टीपंक्तिलाई आग्रह गरे ।