सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप
काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सरकारले सुदूरपश्चिम प्रदेशको विकासलाई उपेक्षा गरेको बताएका छन् । बजेट विनियोजनमा न्यायोचित वितरण नगरेको भन्दै आपत्ति जनाएका हुन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले सुदूरपश्चिमको बजेट न सन्तुलित, न त समयसापेक्ष नै रहेको दाबी गरे ।
