सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत
काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । यस अघि बैठकमा विपक्ष दलहरूको तर्फबाट एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकृतिका लागि राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।
